बझाङमा भाइरल ज्वरोको प्रकोप, २५ गाविसका झण्डै ४ हजार बिरामी
बझाङ - एक महिना अगाडि जिल्लाका केही गाविसहरुमा फाटफुट देखा परेको भाइरल ज्वरो अन्य गाविसमा फैलिँदा हजारौं बिरामी परेका परेका छन् । मौसम परिवर्तन सँगै फैलिएको भाइरल ज्वरोका कारण जयपृथ्वी नगरपालिका केही वडाहरुमा र दाँतोला, काँडा, रिलु, मष्टा, धमेना, भातेखोला, पाराकाट्ने, दंगार्जी, सुनिकोट, कैलास, कोटदेवल, देउलेक, स्याडी लगायतका झण्डै २५ गाविसका झण्डै ४ हजार भन्दा बढी बासिन्दाहरु भाइरल ज्वरोका कारण थला परेका हुन् । स्वास्थ्य संस्थामा औषधि नपाए पछि कोटदेवल गाविसबाट ९ जना भाइरल ज्वरोका बिरामी उपचारका लागि सदरमुकाम चैनपुर आएको भाइरल ज्वरोकी बिरामी सरिता बोहराले बताइन् । ‘सरकारले स्वास्थ्य चौकीहरुमा पनि औषधि पठाइ दिएको भए उपचारका लागि ३/४ घण्टा हिँडेर सदरमुकाम धाउनुपर्ने थिएन,’ उनले थपिन् । गाउँ घरका स्वास्थ्य चौकीहरुमा औषधि नपाइए पछि भाइरल ज्वरोका बिरामी विकट गाविसबाट दुई तिन दिन हिडेर सदरमुकामका स्वास्थ्य संस्था र मेडिकलहरुमा आउने गरेका छन् । शुरुमा जोर्नी दुख्ने, खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षणहरु देखा पर्ने गरेको भाइरल ज्वरोका बिरामीको भनाइ छ । जिल्लामा भाइरल ज्वरोको प्रकोप बढिरहँदा जिल्लाका विकट गाविसमा संञ्चालित स्वास्थ्य चौकी वा प्राथमिक स्वास्थ्य चौकीहरुमा सिटामोल बाहेक अन्य औषधि अभाव भएको स्वास्थ्य चौकी इन्चार्जहरुले बताएका छन् । भाइरल ज्वरोले अधिकांस बाल बालिका र बृद्घहरु ग्रसित भएका छन । उपचारका लागि दैनिक पन्ध्र÷बिस जना भाइरल ज्वरोका बिरामी जिल्ला अस्पताल आउने गरेको र भाइरल ज्वरोले थला परेका ८ जनालाई भर्ना गरी उपचार भइरहेको जिल्ला अस्पतालका डाक्टर पुर्ण घर्तीले बताए । उनले भने मौसम परिवर्तन हुने बेला भाइरल ज्वरोको प्रकोप देखिएको हो । जिल्ला अस्पताल बझाङको औषधि ढुवानीको ठेक्का पुस महिनामा नै स्विकृती भएतापनि ठेकदारले हालसम्म पनि औषधि नल्याउँदा औषधिको अभाव भएको हो । यसरी विकट हिमाली जिल्ला बझाङमा औषधि अभाव हुँदा पनि सरोकारवालाहरुको भने ध्यान जान सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण