आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

साझा मोडल नभए विकास असम्भव : नेता विष्ट

सोमबार, १७ फागुन २०७२, २० : ०५
सोमबार, १७ फागुन २०७२

गुल्मी–नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले सबै दलहरु मिलेर विकासको साझा एजेन्डा नबनाए जनताले अपेक्षा गरेको विकास यो देशमा सम्भव नहुने धारणा राखेका छन् । ‘हामीले अहिलेसम्म भोट प्रभावित राजनीति गरिरहेका छौं, आवश्यकता प्रभावित राजनीति गर्न सकेका छैनौं’– नेता विष्टले आज गुल्मीको नवौँ जिल्ला परिषद्लाई सम्बोधन गर्दै भने– ‘अब यसरी विकास सम्भव छैन् सबै राजनैतिक दलहरुबीच साझा एजेण्डा बनाउनै पर्दछ ।’ उनले राष्ट्रिय योजना आयोगमा समेत नेता र सांसदका खल्तीका योजना हुने गरेको खुलासा गर्दै अब विकासको नयाँ मोडल अध्ययन गर्न विज्ञहरु जुटाएर सोही अनुरुप सबै राजनीति दल अगाडि बढ्नुपर्नेमा जोड दिए । यस विषयमा केन्द्रमा सबै राजनीति दलका शीर्ष नेताहरुबीच छलफल भइरहेको बताउँदै स्थानीय नेताहरुलाई पनि त्यसरी नै अगाडि बढ्न उनले आग्रह गरे । उनले मोटर बाटो मात्रै विकास हो र त्यसले जनता र कार्यकर्ता खुसी पार्न सकिन्छ, भन्ने मानसिकताबाट नेता, सभासद्हरु मुक्त हुन नसक्दा कयौं मोटरबाटाहरु बिना प्रयोग राज्यको रकम खेर गएका उदाहरणहरु देखाए । गुल्मी क्षेत्र नम्वर–३ का सांसद समेत रहेका विष्टले भने– ‘कार्यकर्ताहरुले खाली मोटरबाट माग्नुहुन्छ, तर बनेका मोटरबाटाहरुमा ८ महिनासम्म दुबो पलाएको हुन्छ, मुस्किलले चार महिना मोटर चल्छहोला ।’ वडा स्तरका सडक त झन् खनेर मात्रै राखिएको र त्यसले राज्यको रकम दुरुपयोग भएकोप्रति उनले सबै राजनैतिक दलहरुको ध्यानकृष्ट गराए । पूर्वउर्जामन्त्री समेत रहेका एमाले नेता विष्टले कालिगण्डकी, बढिघाट र उत्तर गंगाको जलशायलाई एकै ठाउँ जोडेर एकीकृत विकासको अवधारणा समेत बनाउन लागिएको बताए । उनले आफ्नो पार्टी सरकारमा भएको बेला रिडीमा बाँध लगाएर ¥याफ्टिङ सेवा मार्फत पर्यटक भित्र्याउने र सँगै विद्युत् उत्पादन गर्ने योजना अगाडि बढाएको बताए । बढिघाट खोलामा ¥याफ्टिङको सम्भावना कम भएकोले उत्तरगंगा नदिको पानी सुरुङ्ग खनेर बढिघाट खोलामा मिसाएर बाग्लुङ्ग र गुल्मीले एकीकृत विकास गर्नेतर्फ छलफल चलाईने बताए । भारतीय नाकावन्दीबाट नेपालीहरु आक्रोषित नहुनुपर्नेमा जोड दिए । भारत र चिन बीचको कुटनैतिक सम्वन्ध खासै राम्रो नभए पनि उनीहरु बीच एक आपसको फाईदाका लागि वार्षिक खर्बौंको व्यापारिक सम्वन्ध गरिरेकोले नेपालीहरु प्नि ति दुवै देशहरुसँग आफ्नो फाईदाका लागि त्यही किसिमको सम्बन्ध राख्नुपर्ने उनको धारणा थियो । उनले क्षेत्र नम्वर ३ को विद्युतिकरणका लागि तत्काल ९२ करोडको टेण्डर प्रकृया अगाडी बढाईएको जानकारी दिए । त्यस्तै गुल्मीका ८ देखि १० मोटरबाटाहरुलाई कालोपत्रे गर्न केहि हप्ता भित्रै टेण्डर आव्हान गर्नका लागि सरकार संग पहल गरी रहेको बताए । गुल्मी जिल्लालाई कृषि पर्यटन विकासको सम्भावनालाई यहाँका नदिनालाबाट विद्युत निकालेर मात्र पुरा गर्न सक्ने बताउँदै उनले जिल्लाका सातै जना सांसदहरुले त्यसका साझा एजेण्डा बनाएर काम गर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रमा सांसद दिलशोभा पुन, सिर्जना तरामु, कमला बिश्वकर्माले पनि गुल्मी जिल्लाको विकासमा साझा धारण बनाएर अगडी बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल, अन्य सरकारी निकायका प्रमुख, विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधी , संघ संस्थाहरुको सहभागिता थियो । क्षेत्र नम्वर ३ का सभाषद विष्टले जिल्ला परिषदको उद्घाटन गरे लगत्तै स्थानिय विकास अधिकारी एवं नवौ जिल्ला परिषदका अध्यक्ष डिलाराम पन्थीले आर्थिक वर्ष २०७३÷०७४ को अनुमानित बजेट प्रस्ताव गरेका थिए । उनिले आर्थिक वर्ष २०७२÷०७४ का लागि जिल्लाको कुल बजेट ३ अर्व ६८ करोड ९५ लाख ६३ हजार पेश गरेका छन् । जस मध्ये चालु तर्फ २ अर्व ६ करोड ६९ लाख १६ हजार तथा पुँजीगत तर्फ १ अर्व ६२ करोड २६ लाख ७४ हजार अनुमान गरिएको छ । प्रस्तुत वजेट मध्ये जनताको आर्थिक विकास तर्फ ४३ करोड ६७ लाख ६० हजार , सामाजिक विकास तर्फ १ अर्व ९५ करोड, ३४ हजार छुट्टाईको छ । त्यस्तै वन वातवरण तर्फ ९ करोड ६९ लाख ६४ हजार , पुर्वधार विकास चर्फ १ अर्व २० करोड ६८ लाख ५ हजार अर्थात कुल वजेटको ३३ प्रतिशत पुर्वधार विकासमा खर्च गरिने प्रस्ताव पेश गरेका छन परिषदका अध्यक्ष स्थानिय विकास अधिकारी पन्थीले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप