आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

‘झिम झिम परेली’मा दमन रुपाखेतीको कमेडी अभिनय (भिडियोसहित)

मङ्गलबार, १८ फागुन २०७२, ०८ : ५१
मङ्गलबार, १८ फागुन २०७२

काठमाडौं–छोटो समयमा नै आफुलाई स्थापित गराउन सफल हाँस्य कलाकार दमन रुपाखेतीले अभिनय गरेको गीतको भिडियो सार्वजनिक भएको छ । गायक मणिराज काफ्ले र इन्दिरा गुरुङको स्वर रहेको कमेडी गीत ‘झिम झिम परेली’ सार्वजनिक भएको हो ।

म्युजिक नेपालले बजारमा ल्याएको उक्त गीतमा गायक मणिराजकै संगित रहेको छ, भने निर्देशन पत्रकार पुकार तिमिल्सिनाले गरेका छन् । छायांकन रविन्द्र बरालले गरेका छन् भने इडिटिङ शक्ति घिमिरेले गरेका हुन् ।

रुपाखेती, सुजित थापा, राम थापा, सिम्रन पौडेललगायतले कमेडी रुपमा गीतमा अभिनय गरेका छन् । अन्य कलाकारमा सरिता मगर, उमेश कुमार केसी, राम भट्टाई, राजन, पवि थापा, रामेश्वर ढकाल रहेका छन् ।

पोष्टप्रोडक्सन थ्री–स्टार मेघा मिडियाले गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप