आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

धोतीमा लागेको फोहर पखाल्ने क्रममा एक महिलाको एक लाख ५० हजार चोरी

मङ्गलबार, १८ फागुन २०७२, ०९ : ०४
मङ्गलबार, १८ फागुन २०७२

दाङ–दाङको तुलसीपुरमा दिनदहाडै एकजना महिलाको रु एक लाख ५० हजार चोरी भएको छ ।

सोमबार दिउँसो तुलसीपुर–८ दुधेना निवासी लबरी चौधरीको उक्त रकम चोरी भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ ।

चौधरीले राष्ट्रिय वाणिज्य बैंकबाट उक्त रकम निकालेको र रकम निकासा गरी घरतर्फ फर्कने क्रममा बाटोमा धोतीमा लागेको फोहर पखाल्ने क्रममा उनको रकम चोरी भएको थियो ।

प्रहरीका अनुसार चौधरीले तुलसीपुर–५ बसपार्कको वधशालामा आफ्नो कपडामा लागेको फोहर पखाल्ने क्रममा पैसा राखेको ब्याग नजिकै राखेर कपडा सफा गर्ने क्रममा दुईजना सडक बालकले ब्याग चोरेर फरार भएका थिए ।

प्रहरीले रु एक लाख ५० हजार नगदसहित एउटा मोबाइल पनि रहेको झोला चोरेर भाग्ने ती बालकको खोजी जारी रहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप