पाँचजना फरार प्रतिवादी पक्राउ
बनेपा– जिल्ला अदालत काभ्रेपलाञ्चोकले दोषी ठहर गरी फरार भएका पाँचजना प्रतिवादीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
उनीहरु २०६१ देखि २०७१ सालसम्मका अदालतबाट जरिवानादेखि एक महिनासम्मको कैद सजाय भएका छन् । पक्राउ पर्नेमा जिल्लाको नयाँ गाविस–६ निवासी ४६ वर्षीय रुद्रबहादुर बजगार्इं, पनौती नगरपालिका–१३ बस्ने सुमन लामा, पनौतीकै ५२ वर्षीय शालिकराम केसी, बनेपा–१० का विश्वराम प्रधान, उग्रतारा जनागाल गाविसका ३७ वर्षीय सन्तोष पोतेश्रेष्ठ रहेका छन् ।
पक्राउ परेकामध्ये बजगाईंलाई आगो लगाउने मुद्दामा तीन वर्ष १० महिना २९ दिन कैद, लामालाई बहुविवाह मुद्दामा ११ महिना आठ दिन कैद र रु पाँच हजार जरिवाना, केसीलाई ज्यानसम्बन्धी मुद्दामा पाँच महिना १४ दिन कैद, प्रधानलाई लागुऔषध मुद्दामा एक महिना कैद र रु दुई हजार जरिवाना र पोतेलाई जालसाजी मुद्दामा रु आठ हजार १२५ जरिवाना अदालतले दोषी ठहर गर्दै तोके पनि प्रतिवादीहरु फरार भएकाले विभिन्न स्थानबाट विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
उहाँले उनीहरुसँगै आव २०७२/७३ मा १४४ जना फरार प्रतिवादी अहिलेसम्म पक्राउ गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण