आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

पानीले दुई करोडको इँटा नष्ट

मङ्गलबार, १८ फागुन २०७२, ०९ : १०
मङ्गलबार, १८ फागुन २०७२

दाङ– आइतबार बेलुका परेको पानीले दाङमा रु दुई करोड मूल्य बराबरको इँटा नष्ट भएको छ ।

दाङको घोराही, तुलसीपुर र विजौरीमा रहेका इँटा उद्योगमा ६० लाखवटा इँटामा पानीले असर गरेको दाङ देउखुरी इँटा उद्योग व्यवसायी सङ्घले जनाएको छ ।

ती इँटामा पानीले कामै नलाग्ने गरी असर गर्दा रु एक करोड ८० लाखको क्षति भएको सङ्घका कार्यालय प्रमुख भूपेन्द्र भुसालले जानकारी दिए ।

घोराही क्षेत्रका १० र बिजौरी क्षेत्रका चारवटा उद्योगमा पानीले इँटामा असर पु¥याएको उनले बताए । काँचो इँटालाई प्रतिपिस रु तीन पर्ने गरेको छ ।

घोराहीमा ३५ लाख पिस र विजौरीमा २५ लाख पिस इँटा नष्ट भएको सङ्घले जनाएको छ । पोल्नका लागि तयार पारिएका इँटा कामै नलाग्ने भएको भुसालले जानकारी दिए ।

तस्बिर : गुगल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप