दर्जनभन्दा बढी घरका छाउपडी भत्काइयो
कञ्चनपुर– कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ अमरपुरका बासिन्दाले बनाएका एक दर्जनभन्दा बढी छाउपडी गोठ सोमबार भत्काइएका छन् ।
वैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा आबद्ध महिलाले १३ वटा छाउपडी गोठ भत्काएका हुन् ।
छाउपडी प्रथा उन्मूलनका लागि सहकारीमा आबद्ध महिलाले योजनाबद्ध रुपमा छाउपडी गोठ भत्काउने कार्य थालिएको बताएका छन् ।
छाउपडी प्रथा हटाउन वर्षैंदेखि थालिएका प्रयास प्रभावकारी बन्न नसकेपछि यहाँका महिलाले योजनाबद्ध तरिकाले छाउपडी प्रथा हटाउनका लागि सचेतना फैलाउँदै गोठ भत्काउने अभियान थालेको सहकारीका अध्यक्ष द्वारीकादेवी कुँवरले बताए ।
“अझै पनि गाउँका अधिकांश महिला महिनावारी भएका समयमा घरभन्दा टाढा रहेको गोठमा बस्ने गरेका कारण विभिन्न समस्या बल्झिने गरेकाले गोठ नै भत्काउने अभियान थालेका हौँ” – उनले भने ।
“छुट्टै गोठमा बस्दा बलात्कार हुने, सर्प, बिच्छीले डस्ने, खुट्टा खुम्च्याएर सुत्नुपर्नेलगायतका धेरै बेफाइदा हुँदा सहकारीमा आबद्ध सबैजना महिला एकबद्ध भएर अगाडि बढेका छौँ” – उनले भने ।
देवता रिसाउने गलत मान्यताका कारण आफूहरु रजस्वला भएका बेला गोठमा बस्नुपरेको बिन्द्रा कामीले बताउ । “सामाजिक गलत मान्यताका कारण स्वास्थ्य स्वयम्सेविकाले समेत रजस्वला भएका बेला घरभन्दा टाढाको गोठमा बस्नुपरेको छ” – उनले भने ।
“पुरातनवादी संस्कारले यसलाई आश्रय दिएको छ, छाउपडी गोठमा नबस्दा देवता रिसाउने, गाईभैँसीले दूध नदिने मान्यताको पछाडि सत्यता छैन”, समाजसेवी रनसिंह सुनारले भने – “सामाजिक सचेतना बढाएर यसलाई हटाउन सकिन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण