एकता र विकासशील सोचले मात्र विकास : मन्त्री शर्मा
दाङ– सामान्य प्रशासनमन्त्री रेखा शर्माले एकता र विकासशील सोचले मात्र हरेक क्षेत्रको विकास हुन सक्ने बताएका छन् ।
जिल्ला विकास समिति दाङको २४औँ जिल्ला परिषद्को सोमबार घोराहीमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले सबैको एकताबाट नै विकासले गतिलिने बताउँदै योजनाको समयमा नै कार्यान्वयन गरी गुणस्तरमा ध्यान दिनसमेत सो अवसरमा आग्रह गरे ।
दाङ जिल्ला धेरै सम्भावना बोकेको जिल्ला भएको बताउँदै सामान्य प्रशासनमन्त्री शर्माले देश सङ्घीय संरचनामा जाँदै गर्दा अब दाङलाई कसरी प्रादेशिक राजधानी बनाउने भन्ने विषयले चर्चा पाएको भन्दै उनले त्यसलाई नै आधार बनाएर योजनाको छनोट गर्नुपर्नेसमेत बताए ।
मन्त्री शर्माले संविधान कार्यान्वयन गर्न र सङ्घीयतालाई संस्थागत गर्नका लागि दलीय एकता आवश्यक रहेको पनि बताए ।
अहिले जनप्रतिनिधिहरु नभएको अवस्थामा सम्पूर्ण जिम्मेवारी कर्मचारीमा रहेको बताउँदै मन्त्री शर्माले जनतालाई छिटो, छरितो, निर्भिकताका साथ प्रभावकारी सेवा प्रवाह गर्न उपस्थित सम्पूर्ण कर्मचारीलाई सो अवसरमा निर्देशनसमेत दिए ।
सोही कार्यक्रममा बोल्दै नेकपा (एमाले)का उपाध्यक्ष तथा सांसद युवराज ज्ञवालीले जिल्ला परिषद्मा छनोट भएका योजनालाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताए ।
बजेट खर्च नभएर फिर्ता जाने प्रवृत्ति अन्त्य गर्नेतर्फ सबै लाग्नुपर्ने उनको भनाइ थियो । त्यस अवसरमा स्थानीय विकास अधिकारी रमेश गौतमले आगामी आव ०७३÷७४ का लागि रु सात अर्ब ४८ को ४१ लाख १७ हजार ४१० को बजेट सो अवसरमा प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण