चितवनका निजी अस्पताल र मेडिकल कलेजमा जोडिएको डेडिकेटेड फिडर काटियो
चितवन–चितवनका निजी अस्पताल र मेडिकल कलेजमा जोडिएको डेडिकेटेड फिडर सोमबारदेखि काटिएको छ ।
यहाँका ११ निजी अस्पताल र दुई मेडिकल कलेजमा विद्युत्भार कटौती नहुने गरी डेडिकेटेड फिडरबाट विद्युत् जडान गरिएको थियो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले सोमबार डेडिकेटेड फिडर काटेर सिटी फिडरबाट लाइन जोडिदिएको छ ।
वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले माथिको आदेशअनुसार नै डेडिकेटेड फिडर काटिएको बताए ।
यता निजी अस्पताल समन्वय समिति चितवनका सचिव तथा नारायणी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक पुष्प धिताल भने पुनरावेदन अदालत हेटौँडाले सात दिनअघि अन्तरिम आदेश जारी गरी नकाट्ने भने पनि प्राधिकरणले काटेको बताउँछन् ।
उनले भने – “अदालतले सात दिनको म्याद दिएको थियो, सोमबार सात दिन पुगेपनि अदालतमा भएको छलफलपछि पुनः मुद्दाको किनारा नलागेसम्म विद्युत् नकाट्न आदेश दिएको छ । तर प्राधिकरणले किन काट्यो हामीलाई थाहा छैन ।”
इञ्जिनियर पौडेल भने अदालतको आदेश आधिकारिक रुपमा आफूकहाँ आइनपुगेको र माथिको आदेशअनुसार काटेको बताउँछन् । अदालतको आदेश आए केन्द्रमा समन्वय गरेर सोहीअनुसार अघि बढ्ने उनले बताए ।
अस्पतालले भने विद्युत् काटिएसँगै शल्यक्रियालगायतका काम अस्पतालले रोक्नुपर्ने अवस्था आएको बताएका छन् । सचिव धिताल १३ घन्टाको विद्युत्भार कटौतीमा मेडिकल उपकरण सञ्चालन गर्न नसकिने बताउँदै सेवा रोक्नुको विकल्प नरहेको बताउँछन् । उनले भने –“ठूलो दुर्घटना भएमा त्यसको व्यवस्थापन गर्न मुस्किल हुने अवस्था सिर्जना भएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण