आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

सिरियामा युद्धबिराम भङ्ग भएको भन्दै नेटो प्रमुखद्वारा चासो व्यक्त

मङ्गलबार, १८ फागुन २०७२, ०९ : २६
मङ्गलबार, १८ फागुन २०७२

कुवेत– संयुक्त राज्य अमेरिका तथा रसियाको पहलमा गरिएको सिरिया युद्धबिराम भएको तीन दिन नबित्दै विभिन्न ठाउँमा हिंसात्मक घटना भएको भन्ने समाचारप्रति उत्तर एटलान्टिक सन्धि सङ्गठनका महासचिव जेन्स स्टोलटेनवर्गले सोमबार गहिरो चासो व्यक्त गरेका छन् ।

युद्धबिरामलाई प्रोत्साहित गर्ने सङ्केट सिरियामा खुसी तुल्याइरहेका बेला केही स्थानमा हिंसात्मक गतिविधिका समाचार आएको भन्दै सम्बद्ध सबैलाई आ–आफ्नो तहबाट शान्ति प्रयासमा सहयोग गर्दै छिटफुटरुपमा सिरियामा देखिएका हिंसात्मक गतिविधिलाई रोक्न नेटो प्रमुख स्टोलटेनवर्गले आग्रह गरेका हुन् ।

रसियाली सैन्य गतिविधिका लागि सिरियामा अखडा बनाइएको भन्दै नेटो प्रमुखले आलोचना गर्दै रसियाले गैरजिहादी विद्रोहीमाथि राष्ट्रपति बसार अल असादलाई सहयोग गर्ने गरी विगत पाँच महिना यता सिरियामा हवाई कारबाही सञ्चालन गरेको समेत बताए ।

उनले पश्चिमी गठबन्धनले स्थल सैन्य टुकडीलाई सिरियामा पठाउने कुनै योजना नभएको समेत बताए ।

नेता जिहादी समुदाय लक्षित कुनै कारबाही नगर्ने तर आतङ्कवादी गतिविधि नियन्त्रणमा आवश्यक सहयोग दिनेमा भने उक्त अवसरमा प्रतिबद्धता व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप