आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

विमलेशले सम्पदालाई धोका दिएपछि... (भिडियोसहित)

मङ्गलबार, १८ फागुन २०७२, ०९ : ३३
मङ्गलबार, १८ फागुन २०७२

विमलेश अधिकारी र सम्पदा बाँनिया नाम चलेका मोडल हुन् । केहि म्यूजिक भिडियोहरुमा उनीहरु सँगै देखिएका छन् । यसै क्रममा सम्पदाले विमलेशको हेराईभित्र माया देखिन् । देउता समान ठानेर पुजा गरिन् । तर, विमलेशले सम्पदालाई धोका दिएका छन् ।

उनले सम्पदालाई माया गरेजस्तो गरेर अन्तै माया गाँस्न पुगेका छन् । यस्तो परिस्थितिमा सम्पदा र विमलेशबीच रियल लाइफमा सायदै कम आउला । तर, जनकराज शाह शाब्दिकको ‘तिम्रो हेराइभित्र’ बोलको म्यूजिक भिडियोमा विमलेशले सम्पदालाई धोका दिएका हुन् ।

माण्डवी त्रिपाठीको स्वर रहेको उक्त गीतमा दिपक शर्माको संगीत रहेको छ । श्रीधर पौडेलले छांयाकन र निर्देशन गरेको गीतको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप