आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

क्यानाडामा शेर्पाले मनाए ल्होसार

मङ्गलबार, १८ फागुन २०७२, ०९ : ४०
मङ्गलबार, १८ फागुन २०७२

मिसिसागा – शेर्पा संघ क्यानडाको आयोजनामा बिशेष ल्होसार कार्यक्रम सम्पन्न भएको छ । शेर्पा समुदायले आफ्नो नयाँ बर्षका रुपमा हरेक बर्ष ल्होसार पर्व मनाउने गर्छन् । यो बर्ष २१४३ ग्याल्बो ल्होसार हो ।

क्यानडाको मिसिसागास्थित एक पार्टी प्यालेसमा आयोजना गरिएको ल्होसार बिशेष कार्यक्रममा क्यानडाबासी शेर्पा समुदायको उपस्थिती बाक्लो थियो । शेर्पाहरुको पहिचान झल्कने गीतसंगित र बिभिन्न नाचहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक आशिर्वाद सुबेदी र मिग्मा शेर्पाले आफ्नो गीत गाएर माहोल तताएका थिए भने अन्य स्थानिय कलाकारको नृत्य पनि निकै आकर्षक थियो ।

शेर्पा समुदायको मौलिक संक्रिती र परम्परालाई जोगाइ राख्न प्रदेश मै भए पनि सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरिएको शेर्पा संघ क्यानडाका संस्थापक अध्यक्ष्य आङ्बारु शेर्पाले बताए । उनले भने, ‘हामी नेपाली जहाँं रहेपनी हाम्रो माटो, नेपालको संक्रिती भुल्न सक्दैनौ त्यसैले यस्तो कार्यक्रम हरेक बर्ष आयोजना गर्दै आएका छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप