आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

लागु औषधबारे शिक्षा दिन स्कूलमा प्रहरी

मङ्गलबार, १८ फागुन २०७२, १० : ०४
मङ्गलबार, १८ फागुन २०७२

काठमाण्डौ - उच्च माध्यमकि तहका विद्यार्थीलाई दुव्र्यसनीमा फस्नबाट सचेत बनाउन गुल्मी प्रहरीले विद्यायमा प्रशिक्षण अभियान सञ्चालन गरेको छ । प्रहरीले उच्च माध्यमिक तहका विद्यार्थीलाई लागुऔषध दुव्र्यसन सम्बन्धि प्रशिक्षण अभियान सञ्चालन गरेको हो । प्रहरीले सदरमुकामको सिद्धबाबा उच्च माध्यमिक विद्यालयमा १ सय १० जना विद्यार्थीलाई यस्तो तालिम दिएको छ । प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले कक्षा ११ र १२ का विद्यार्थीलाई प्रशिक्षण दिएकमा हुन् । लागु औषधको प्रयोगले मानिसमा पर्ने शारीरिक र मानसिक असरको बारेमा प्रशिक्षण दिइएको थियो । लागु औषधको सेवनले व्यक्ति समाज र राष्ट्रलाई नै असर पर्ने भएकोले यसको अन्त्यका लागि घरपरीवार, समाज र साथीभाईले खेल्नुपर्ने भूमिको बारेमा चर्चा गरीएको थियो । लागु औषध सेवन गर्नेलाई हुने कानुनी कार्वाहीको विषयमा पनि जानकारी गराइएकोले यस किसिमको प्रशिक्षणबाट विद्यार्थीलाई लागुऔषधबाट टाढै बस्न सघाउने प्रहरीको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप