आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

नलसिङगाढ जलविद्युत आयोजना भएको भ्रष्टाचार छानविन गर्न माग

मङ्गलबार, १८ फागुन २०७२, १० : २०
मङ्गलबार, १८ फागुन २०७२
जाजरकोट – जिल्लाको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नलसिङ गाढ जलविद्युत आयोजना तथा माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भ्रष्टाचार भएको भन्दै अखिल (क्रान्तिकारी) जिल्ला समिति जाजरकोटले त्यसको छानविन गर्न सरकारसँग माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संगठनले भ्रष्टाचार छानविन गर्ने विषयमा सरकार उदासिन रहेको भन्दै भ्रष्टाचारबारे छानविन नभए संघर्षको कार्यक्रम घोषणा गर्ने बताएको हो । विज्ञप्तिमा भनिएको छ, ‘सिंगो प्रदेश नम्बर ६ का जनताको भविष्यसँग जोडिएको यस राष्ट्रिय गौरवको आयोजना बारेमा समाचार आएको करिब १ महिना बितिसक्दा पनि नेपाल सरकार र सम्बन्धित सरोकारवाला अझै मौन बस्नु आफैमा रहस्मय रहेको बुझिन्छ । आयोजनाको तत्काल यसको छानविनका लागि नेपाल सरकारले पहल गर्नका लागि ध्यानाकर्षण गराएका छौं । यदी यो मागहरु बेवास्ता गरिएकामा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिनेछ ।’ यसअघि जलविद्युत आयोजनामा भ्रष्टाचार भएको विषयमा रातोपाटीमा समाचार प्रकाशित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप