बिहे भएको एक वर्ष नबित्दै आत्महत्या
मङ्गलबार, १८ फागुन २०७२, १० : २३
महोत्तरी - बिहे भएको एक वर्ष दुई दिन नबित्दै महोत्तरीको बर्दिवास नगरपालिका–२ मा एक महिलाले आत्महत्या गरेकी छिन् ।
गत वर्ष फागुन १५ गते वैवाहिक जीवनमा बाँधिएकी स्थानीय विमलेन्द्रकुमार महतोकी २० वर्षीया श्रीमती मोनितादेवी महतोले शनिबार राति आत्महत्या गरेकी बर्दिवासस्थित भोला वसन्त चोकका असई तथा इन्चार्ज वीरेन्द्रकुमार सिंहले बताए ।
घरायसी विवादका कारण आफ्नै पक्की घरको सिलिङमा डोरीको पासो लगाई उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
सर्लाहीको वसन्तपुर बगिया–१ मा माइतीमा रहँदै आएकी ती महिलाले आत्महत्या गरेको घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक जीवन गिरीले बताए ।
श्रीमान्सँगै तल्लोकोठामा राति सुतेकी मोनिता बिहान माथिल्लो कोठामा झुन्डिएको अवस्थामा फेला परेको परिवारजनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण