सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीमा हुने
बैतडी - सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ मध्यपहाडी लोकमार्गस्थित पश्चिमी सहर बैतडीको पाटनमा हुने भएको छ ।
पाटनलाई प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि केही हप्ताभित्र प्याराग्लाइडिङ सुरु हुने भएको हो ।
गत वर्ष नै प्याराग्लाइडिङको परीक्षण सफल भएपछि प्राविधिक टोली यसवर्ष पुनः पाटन पुगेर प्याराग्लाइडिङका लागि पहल सुरु गरेको छ । श्यामराज भट्ट, थर्कबहादुर शाह र मोहनराज भट्टराईलगायतको प्राविधिक टोलीले पाटनका चार ठाउँबाट प्याराग्लाइडिङका लागि उपयुक्त भएको ठहर गरेको छ ।
पाटन नगरपालिका वडा नं १२ को दहडाँडा, वडा नं २ को जरौलीडाँडा, वडा नं १३ को अन्नाडीडाँडा र वडा नं ११ को हुरहुरेडाँडाबाट प्याराग्लाइडिङ गर्न सकिने देखिएको टोलीले ठहर गरेको हो ।
सुरुमा डडेल्धुराबाट प्याराग्लाइडिङका लागि परीक्षण गरिएपनि हावाको एकोहोरो बहावका कारण सम्भव नदेखिएको प्राविधिक टोलीका सदस्य थर्कबहादुर शाहले बताए । उनले भने – “पाटनमा हावाको गति र दिशा उपयुक्त रहेको छ ।”
त्यस्तै, पाटन नगरपालिका–१३ को भिटास्थित पोखरी नजिकमा कटेज खोल्ने तयारी स्थानीयवासीले थालेका छन् । पाटनभन्दा करिब आठ किमी पश्चिममा रहेको पात्तालभुमेश्वर गुफाको प्रवद्र्धन र प्याराग्लाइडिङलाई व्यावसायिकीकरण गर्न संस्थागत रुपमै प्रयास गर्ने पाटनका स्थानीयवासी युवा पुष्कर भण्डारीले बताए । उनले भने – “पर्यटन प्रवद्र्धनका लागि संस्था दर्ता गरेर सामूहिक रुपमा अघि बढ्न प्रक्रिया सुरु गरिएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण