नक्कली बिरामी पुर्जी बनाएर काठ चोर्ने ठेकेदार छुटाइयो
गुल्मी - राष्ट्रिय बनको काठ चोर्दे गर्दा पक्राउ परेका ठेकेदारलाई नक्कली बिरामी पुर्जी बनाएर छुटाइएको छ । गुल्मीको नयाँगाउँस्थित राष्ट्रिय बनबाट ७० क्यूफिट काठ चोरी गर्दागर्दै पक्राउ परेका ठेकेदार रेम बहादुर गुरुङ्गलाई जिल्ला बन अधिकृत विशाल घिमीरेले छुटाएका हुन् । गत बिहीबार नयाँगाउँबाट लु ३ च २०५ नम्बरको ट्याक्टरमा काठ ओसार्दै गर्दा ठेकेदार रेम बहादुर गुरुङ्ग र चालक राजेन्द्र बहादुर मुखिया पक्राउ परेका थिए । तर जिल्ला बन अधिकृत घिमीरेको सल्लाहमा गुरुङ्गको नक्कली विरामी पुर्जा बनाएर छुटाइएको छ भने चालक थुनामै रहेका छन् । ‘अधिकृत घिमीरेको सल्लाह अनुसार नेपाली काँग्रेका सचिव तथा काठ ठेकेदार खिलध्वज पन्थीले अस्पत्तालका नक्कली कागजात बनाएर ठेकदार गुरुङ्गलाई छोडिएको छ,’ जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो ‘बन कार्यालयबाट प्रकृया पुगेको कागजात आएपछि प्रहरीले राखिरहने भन्ने हुँदैन ।’ एउटै काण्डमा चोरी गर्नेलाई छोडेर चालकलाईमात्र थुनामा राखिएको हो । नयाँगाउँ गाविसको भँगारी महिला सामुदायीक उपभोक्ता समूहको चिठी देखाएर आफूलाई काठ बोक्न लगाईएको भएपनि आफूलाई काठ चोरीको विषयमा थाहै नभएको चालक मुखियले बताए । ‘मैले सामुदायीक बनको चिठी हेरेर काठ लोड गरेको हुँ, तर चिठी नक्कली हो कि सक्कली मलाई थाहा भएन,’ उनले भने ‘तर मलाई मात्र थुनामा राखेर ठेकेदारलाई किन छोडियो ?’ जिल्ला बन अधिकृत विशाल घिमिरेले अनुसन्धानमा आएका व्यक्तिलाई हिरासतमै राख्नुपर्छ भन्ने नभएकोले छोडीएको बताए । ‘अनुसन्धानमा रहेको व्यक्ति हिरासतमा राख्नुपर्छ भन्ने हुँदैन’ उनले भने ‘पक्राउ परीसकेपछि अनुसन्धानकै क्रममा खिलध्वज पन्थी पनि आएका थिए, कागजात पूरा गरेपछि छोडेका हौँ ।’ उनले थप अनुसन्धान बन अधिकृत सुमन घिमिरेले गरिरहेकोले आफूलाई धेरै कुरा थाहा नभएको जवाफ दिएर पन्छिए । पन्थीले भने आफू बन कार्यालयमा गएको भएपनि अनुन्धानलाई फितलो पार्ने काम नगरेको बताए । ‘अनुसन्धान फितलो भयो राम्ररी गर्नुस् भनेर गएको हो’ उनले भने ‘तर असर पर्ने कुनै काम गरेका छैनौँ ।’ उक्त महिला सामुदायीक बनको अध्यक्ष राधादेवि पाण्डेको श्रीमानले बनको लेटरप्याडमा पुरानो काठ सार्न भनेको चिठी देखाएका छन् । तर सामुदायीक बन उपभोक्ता समितिका सदस्यले भने गुरुङ्गलाई काठ बेचेको विषयमा आफूहरुलाई थाहै नभएको बताएका छन् । ‘श्रीमति अध्यक्ष भएकोले श्रीमानले लेटरप्याड दुरुपयोग गरी नक्कली कागजात बनाई काठ तस्करी गरिएको हुनसक्छ ।’ स्रोतले भन्यो । गुरुङ्गले राष्ट्रिय बनको काठ चोरी गरेकोले सामुदायीक बनको चिठीसंग कुनै सम्बन्ध नरहेको स्रोतले बताएको छ । गुल्मी प्रहरी प्रमुख डिएसपि रविन्द्र रेग्मीले बन कार्यालयको सूचनाका आधारमा आफूहरुले पक्राउ गरीएको र बन कार्यालयबाटै आवस्यक प्रकृया पूरा गरेर आएपछि छोडीएको बताए ।
तस्विर : जिल्ला बन कार्यालयले पक्राउ गरेको कठ लोड गरीएको ट्रयाक्टर कार्यालय परिसरमा । तस्विर : प्रेम सुनार ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण