सिरहाका ७५ प्रतिशत कैदी लागुऔषध मुद्दाका
सिरहा – लागुऔषध विरुद्दको जनचेतनामुलक अभिमुखीखरण कर्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला युवा कार्य दल सिरहाको संयुक्त आयोजनामा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका छन् । जागृती समुदायीक विकास केन्द्र गोलबजारको भवनमा प्रोजेक्टरको माध्यमद्धारा गोलबजारको विभिन्न स्थानिय स्कुलका विधार्थिहरु, स्थानिय युवायुवती, सरोकारवाला तथा शिक्षक वर्गको समेत उपस्थितिमा प्रहरी निरीक्षक सन्तोष निरौलाले प्रशिक्षण दिए । उक्त कार्यक्रममा अन्दाजी ९० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा लागुऔषध विरुद्द जनचेतनामुलक हाते पुस्तिका समेत वितरण गरिएको प्रहरी निरीक्षक निरौलाले जानकारी दिए । भारतसँग सिमा जोडिएको ले छिमेकी भारतबाट चोरिनिकासी गरि सिराहाका युवाहरू १२ वर्षको उमेरदेखिनै लागु लागुऔषध सेबन गर्ने गरेको निरौलाले बताए । जिल्ला कारागार सिरहामा ३ सय २५ कैदी बन्दी मध्ये ७५ प्रतिशत लागु लागुऔषध मुद्दाका कैदी बन्दी रहेको जिल्ला कारागार सिरहाले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण