उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै नाकाबन्दीमा मङ्गलबार राष्ट्रसंघमा मतदान हुदै
संयुक्त राष्ट्रसंघ - संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा मङ्गलबार संयुक्त राष्ट्रसंघका तर्फबाट उत्तर कोरियाका विरुद्धमा लगाइने नाकाबन्दीका बारेमा मतदान हुने बताइएको छ ।
उक्त प्रस्ताव उत्तर कोरियका विरुद्धमा लगाइने गरी संयुक्त राज्य अमेरिकाले तयार पारेको हो । संयुक्त राष्ट्रसंघले सोमबार सो जानकारी दिएको हो ।
उत्तर कोरियाले गरेको यसै महिनाको सुरुवातको आणविक परीक्षणका विरुद्धमा सो नाकाबन्दी लगाउन थालिएको हो ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा मङ्गलबार सो विषयमा मतादान हुन लागेको समाचारमा जनाइएको छ ।
उक्त परिषदको १५ सदस्यीय समितिमा उत्तर कोरियाका विरुद्धमा लगाउन लागिएको नाकाबन्दीका बारेमा यसअघिका कैयौं हप्तासम्म छलफल भएको थियो ।
उत्तर कोरियाका विरुद्धमा प्रस्ताव गरिएको यो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा खालको रहेको बताइएको छ ।
विश्व समुदाय र संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दा पनि उत्तर कोरियाले आणविक परीक्षण गरिरहेकोले नाकाबन्दी लगाउने तयारी गरिएको हो ।
नयाँ नाकाबन्दीसम्बन्धी सो प्रस्ताव अमेरिकाले चीनसँग पनि परामर्श गरेर तयार गरेको जनाइएको छ । चीन उत्तर कोरियाको एक निकटको सहयोगी हो ।
उत्तर कोरियाले फेब्रुअरी ७ मा नयाँ आणविक परीक्षणस्वरुप लामो दुरीको रकेट परीक्षण गरेको थियो । त्यस घटनालाई उसले आफ्नो देशले गरेको एक बृहत कार्य एवम् आणविक क्षेत्रको प्रगतिका रुपमा निकै प्रचार गरेको थियो ।
संयुक्त राष्ट्रसंघले यसअघि पनि उत्तरलाई धेरै पटकसम्म यस्तो आणविक परीक्षणको काम रोक्न आग्रह गरेको थियो । तर उसको आग्रहका बाबजुत पनि उत्तरले भने यो छैठौं पटकसम्म यस्तो परीक्षण गरेको हो ।
सो परीक्षणपछि उत्तर कोरियाका विरुद्धमा दक्षिण कोरियामात्र नभएर विश्व समुदाय नै देखिएको छ । जसका कारण पनि गएको करिब महिनादिनदेखि उत्तर कोरिया विश्व समुदायबाट एक्लिएको छ ।
उत्तरले यसको मूल्य चुकाउनुपर्छ– दक्षिण कोरियाली राष्ट्रपति पार्क यसैबीच दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाले आफूले गरेको आणविक परीक्षणको लागि यसको ठूलो मूल्य चुकाउनुपर्ने धारणा राखे । उनले भने– उत्तर कोरियाले राम्रोसँग बुझ्नुपर्ने कुरा के छ भने उसले यसरी आणविक परीक्षणको दम्भले लामो समयसम्म विश्वसामु शासन गर्न सक्दैन । उत्तर कोरियाले विश्वमा बाँच्ने एकमात्र आधार भनेको उसले अपनाउनुपर्ने निशस्त्रीकरणको उपायमात्र हो– उनी भन्छन् । राष्ट्रपति पार्कले मङ्गलबार दिएको टेलिभिजन सम्बोधनका क्रममा भने– उत्तर कोरियाको अनावश्यक उत्तेजनाको समर्थन गर्नु भनेको आगामी दिनमा पनि उसलाई यस्तै अर्को परीक्षणका लागि उन्मुक्ति दिनुजस्तो हो, त्यसैले उसको यो गलत कार्यको प्रतिबाद सशक्त रुपमा गर्नु जरुरी छ । राष्ट्रपति पार्कले संयुक्त राष्ट्रसंघलाई पनि कडाभन्दा कडा नाकाबन्दी लगाई उसले गरेको गल्तीको महसुश गर्ने अवस्थाको सिर्जना गर्न पनि आग्रह गरेका छन् । उत्तर कोरियाको प्रतिक्रिया छैन उता अर्को एक समाचारमा फेब्रुअरी महिनाको पहिलो साता गरेको आणविक परीक्षणपछि उसले कुनै पनि प्रतिक्रिया नदिएको बताइएको छ । उत्तर कोरियाले फेब्रुअरी ७ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि विश्व समुदायले नै सो देशको विरोध गरेका छन् भने राष्ट्रसंघले उसका विरुद्धमा नाकाबन्दीको प्रस्ताव नै गरेको छ । तर त्यस यता उत्तरले भने कुनै प्रतिक्रिया दिएको छैन । विश्वको सो विरोधका बाबजुद पनि उत्तर कोरियाको कुनै प्रतिक्रिया नदिएको समाचारमा जनाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण