राष्ट्रियताका विषयमा सरकार नझुकी नाका खुल्यो : ज्ञवाली
भक्तपुर - नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रियताका विषयमा नेपाल भारतसँग नझुकी नाकाबन्दी खुलेको बताएका छन् ।
अनेरास्ववियु सानोठिमी क्याम्पस कमिटीले आज आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको र भारतले अब नाकाबन्दी नगर्ने जिकिर गरे ।
सचिव ज्ञवालीले २२ औँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित अनेरास्ववियुका अध्यक्ष नवीना लामा लगायत पदाधिकारी र सदस्यलाई बधाई दिँदै विद्यार्थीको हकहित र देशको विकासमा युवा विद्यार्थी परिचालन हुनुपर्ने औंल्याए ।
अनेरास्ववियुका अध्यक्ष लामाले क्याम्पसहरुमा तत्काल स्ववियु निर्वाचन गराउन पहल गरिने जानकारी दिँदै शैक्षिक विकृति रोक्न आफूहरु लाग्ने बताउने बताए ।
कार्यक्रममा अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष लालबहादुर रोकाय, भएको नेकपा एमाले भक्तपुरका उपाध्यक्ष बच्चन देउजा, अनेरास्ववियु भक्तपुरका पूर्वअध्यक्ष श्यामसुन्दर बस्नेत लगायतले अनेरास्ववियुले शैक्षिक विकासका लागि कदम चाल्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण