आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

प्रजातान्त्रिक आन्दोलनमा रामप्रसाद राईको महत्वपूर्ण योगदान छ : सञ्चारमन्त्री

बुधबार, १९ फागुन २०७२, ०८ : ३७
बुधबार, १९ फागुन २०७२

काठमाडौँ–सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको प्रजातान्त्रिक आन्दोलनमा रामप्रसाद राईको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

रामप्रसाद राई स्मृति प्रतिष्ठानले मंगलबार यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्री राईले राईको सपनाअनुसार संविधान लेखिएको र जनताले अधिकारप्राप्त गरेको बताउनुभयो । उहाँले प्रतिष्ठानले राईका बारेमा ठोस प्रस्ताव ल्याएमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा (एमाले)का नेता प्रदीप नेपाल र पूर्वमन्त्री शङ्कर कोइरालाले राईको मृत्यु रहस्यमय भएकाले उहाँबारे थप खोजी अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका अध्यक्ष रामकुमार बान्तवा, सांसद् तारादेवी राई र जयसिवाङ राईलगायतले मुलुककमा विसं २००७ को राजनीतिक आन्दोलनमा सहयोग गरेका योद्धाका रुपमा राई स्मरण गर्नुपर्ने बताउँदै उनका बारेमा सरकारले केही सम्झनयोग्य कार्य गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप