शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भाग्यमानी विजेताले युरोकप हेर्न पाउने

बुधबार, १९ फागुन २०७२, १५ : ०७
बुधबार, १९ फागुन २०७२

काठमाडौं – युरो २०१६ प्रतियोगिताको अफिसियल वियर काल्र्सबर्गले ‘लिभ इट लाइभ’ नामक प्रवद्धनात्मक अभियान ल्याएको छ । प्रतियोगिता सुरु हुन ठीक १०० दिन अगाडी ल्याएको यस कार्यक्रम अन्तरत काल्र्सबर्गले फुटबल प्रेमीहरुलाई युरो कप प्रत्यक्ष हेर्न अवसर प्रदान गर्नेछ ।

जुन १७ मा हुने इटाली विरुद्ध स्विडेनको खेलमा एक जना भाग्यशाली विजेताले आफ्नो साथीसँग बसेर फ्रान्समा सोही खेलको प्रत्यक्ष मजा लिन सक्नेछन् । साथै उक्त खेलको म्यान अफ द म्याच अवार्ड प्रदान गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।

प्रतियोगिताको इतिहासमै पहिलो पटक २४ देशको सहभागिता रहेको छ, जुन २०१२ को तुलनामा भन्दा बढी छ । एक महिनासम्म चल्ने यो प्रतियोगिता १० जुनमा प्रारम्भ भई १० जुलाइमा समाप्त हुनेछ । फ्रान्सका दश विभिन्न शहरहरुमा आयोजना हुने यस प्रतियोगितामा ५१ वटा म्याचहरु खेलिने छन् भने २०१२ मा जम्मा ३१ म्याच खेलिएका थिए ।

काल्र्सबर्गका उपभोक्ताहरुले हरेक काल्र्सबर्ग क्यान वा बोतलको खरिदमा यस प्रतियोगितामा भाग लिन सक्नेछन् । हरेक काल्र्सबर्गको खरिदमा उपभोक्ताहरुले कुपन भरी ८ हप्ता भित्र नजिकको काल्र्सबर्ग ड्रप–बक्समा हाल्नु पर्नेछ । भाग्यशाली विजेताको घोषणा मे ३ मा लक्की ड्र मार्फत गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप