शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गगनको प्रश्न, ‘संस्थापनको सर्टीफिकेट दिने तिम्रो हैसियत के ?’

बुधबार, १९ फागुन २०७२, १८ : ४६
बुधबार, १९ फागुन २०७२

सजिलो छैन्, बुबासँग लड्दै छु काठमाडौं–१३ औं महाधिवेशनमा आफूलाई महामन्त्रीको उम्मेद्वारका रुपमा प्रस्तुत गरेका युवा नेता गगन थापाले अर्जुननरसिंह केसीतर्फ संकेत गर्दै भने, ‘मलाई राम्रोसँग थाहा छ, म मेरो बुबासँग प्रतिस्पर्धा गर्दै छु ।’ आफ्नो व्यक्तिगत जीवन सजिलो नभएको उल्लेख गर्दै उनले भने, ‘यो कठोर निर्णय लिँदै गर्दा मैले परिवारलाई हेरको छैन्, मेरा दुई नाबालक छोरीको अनुहार हेरेर निर्णय लिएको छु । अबको १५ वर्षपछि उनीहरुले भनुन्, ‘मेरो बाबाले साहसिक निर्णय गर्नुभएछ ।’

आफ्नो उम्मेद्वारीलाई चट्टानसँग तुलना गरेका थापाले भने, ‘हामी चट्टान भएर उभिदैं गर्दा, कसैले कुहिनोले हिर्काउन खोज्लान्, त्यतिबेला उनीहरुको कमजोर कुहिनो दुख्नेछ, तर पहाड भत्कँदैन ।’

त्यस्तै आफ्नो प्यानललाई संस्थान विरोधी प्यानलको रुपमा व्याख्या गरेको तर्फ आक्रोश व्यक्त गर्दै थापाले संस्थापनको सर्टिफिकेट दिने हैसियत कसैसँग पनि नभएको बताए । उनले प्रश्न गर्दै भने, ‘संस्थापन म र तँ भनेर तिम्रो हैसियत के ?’

‘म विपीको छोरा होइन्, त्यसैले मेरो नसामा विपीको रगत बगेको छैन्, तर, उनको विचार बगिरहेको छ ।’ थापाले भने, ‘३९ पुगेँ, कसले भन्छ, हाम्रो उमेर पुगेको छैन्, भनेर ?’ अबको १५ वर्षमा नेपाल कंगाल मुलुकको सुचीबाट माथि उठेको र विकासोन्मुख मुलुकहरुको सुचीमा दर्ज भएको हेर्ने आफ्नो चाहना भएको उल्लेख गर्दै थापाले भने, ‘यो महाधिवेशन पार्टीका साथीहरुको विवेकको परिक्षा पनि हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप