कर्मचारीको आचरणमा परिवर्तन हुनुपर्छ : कृषिमन्त्री
बनेपा-आव २०७३/७४ का लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि मध्यमाञ्चलस्तरीय दुई दिने क्षेत्रीय योजना तर्जुमा गोष्ठी सुरु भएको छ ।
क्षेत्रीय कृषि निर्देशनालयको आयोजनामा सुरु भएको गोष्ठीमा कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषकको हक अधिकार स्थापित गराउन कर्मचारीको आचरण र व्यवहारमा परिवर्तन आउनुपर्ने बताए ।
परम्परागत र निर्वाहमुखी कृषिलाई उकास्नका लागि पकेट क्षेत्रको अवधारणा ल्याएको उल्लेख गर्दै उनले साना कृषकलाई समेत आधुनिक कृषि प्रणालीसँग जोड्नुपर्नेमा जोड दिए ।
मन्त्री गजुरेलले भने बजेट निर्माण गर्दा हामीले साना र उत्पीडित समुदायका कृषकलाई ध्यानमा राखेर काम गर्न जरुरी छ ।
कृषि विकास मन्त्रालयका सचिव उक्तकुमार भट्टराईले कृषिको बाली बिमा प्रभावकारी नभएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी नबनाउँदा अप्ठ्यारो परिस्थिति आउन सक्छ भने ।
उनले कृषक कल सेन्टरलाई जिल्लामा पनि विस्तार गनुपर्नेमा जोड दिँदै कृषि औजारमा दिएको अनुदानबाट सरकारले लाभ पाउन नसकेको बताए ।
मध्यमाञ्चलको १९ जिल्लाका कृषि विकास कार्यालय, मत्य विकास केन्द्र, मौरी फार्म, माटो प्रयोगशाला, बीउ भण्डारण केन्द्र, वरिष्ठ कृषि अर्थ विज्ञलगायत करिब १५० जनाको सहभागिता रहेको गोष्ठीमा भूकम्पबाट प्रभावित कृषकलाई सहुलियत दिने र आर्थिक अवस्थामा सुधार गर्ने विषयमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण