मोबाईलबाट धम्क्याई ८० लाख माग्ने १७ वर्षीय शाह पक्राउ
शुक्रबार, २१ फागुन २०७२, १७ : ३७
वीरगञ्ज - फोनबाट धम्की दिई पैसा माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पर्सा जिल्लाको वीरगञ्जमा रहेको अशोक ईन्जिनियरिङ् वर्कशपका संचालकलाई फोनबाट धम्की दिने निखिल शाहलाई प्रहरीले पक्राउ गरेको हो । १७ वर्षीय शाहले फागुन १६ गते फोन तथा म्यासेज गरी ८० लाख रुपैयाँ माग्दै सो रकम उपलब्ध नगराए ज्यान मार्ने धम्की दिएका थिए । उनलाई फिरौती रकम लिन आउँदा फागुन १९ गते साँझ पर्सा जिल्लाको वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ६ स्थित गेट रोडबाट पक्राउ गरेको थियो । शाहलाई धम्की दिने सिमकार्ड भएको मोबाईल सहित पक्राउ गरी अपहरण उद्योग शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण