गत वर्ष पर्मिट लिएर सगरमाथा चढ्न नपाएकाले निःशुल्क चढ्न पाउने
काठमाडौं — गत वर्ष सगरमाथा चढ्ने अनुमति लिएर पनि महाभूकम्पका कारण शिखर चढ्न नपाएका विदेशी आरोहीहरुका लागि नेपाल सरकारले यस वर्ष जारी गरेको फ्रि परमिटको अवधि लम्ब्याउने भएको छ । यसअघि गत वर्ष सगरमाथा चढ्न लागेका ८ सयभन्दा बढी विदेशी आरोहीहरुबाट सरकारले झन्डै ११ हजार अमेरिकी डलर राजश्व उठाएको थियो । तर अप्रिलमा भूकम्प गएपछि उनीहरु सगरमाथा चढ्न वञ्चित भए । सरकारले त्यतिबेला राजश्व तिरेर पनि सगरमाथा चढ्न नपाएका आरोहीहरुलाई यस वर्ष र सन् २०१७ मा त्यही परमिट प्रयोग गर्न अनुमति दिएको छ । भूकम्पपछि सगरमाथामा कम्तिमा पनि १९ आरोहीहरुको हिमपहिरोका कारण मृत्यु भएको थियो । पर्यटन विभाग प्रमुख गोविन्द बहादूर काकीलाई उद्धृत गर्दैै एएफपि न्युज एजेन्सीले लेखेको छ –‘सरकारले क्षतिपुर्ति स्वरुप दुई वर्षसम्म परमिट लम्ब्याउने निर्णय गरेको छ किनकी गत वर्ष भूकम्पका कारण धेरै आरोहीहरुले अनुमति लिएर पनि सगरमाथा चढ्न पाएनन् ।’ यसै महिनाको अन्त्यबाट आरोहणको सिजन सुरु भएपछि भूकम्पबाट क्षतविक्षत बनेको नेपालको पर्यटन उद्योग फेरि उस्कने आशा छ । तर हाइकिङ अफिसियलहरुले यस वर्ष विदेशीहरुको बुकिङ ह्वात्तै घटेको बताएका छन् । नेपालको भौतिक पूर्वाधरहरु भूकम्पका कारण क्षतिग्रस्त छन् । त्यस्तै, भारतीय सिमामा लामो समय भएकोे नाकाबन्दीका कारण इन्धन तथा अन्य सामाग्रीको समेत नेपालमा अभाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण