उपराष्ट्रपतिको प्रेस संयोजकमा मनोज घर्तीमगर
शुक्रबार, २१ फागुन २०७२, १८ : ३८
काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्नो प्रेस संयोजकमा मनोज घर्तीमगरलाई नियुक्ति गरेका छन् । नया“ पत्रिका दैनिकमा कार्यरत घर्तीमगरलाई उपराष्ट्रपति पासाङले आफ्नो स्वकीय सचिवालयअन्तर्गत प्रेस संयोजकमा नियुक्ति गरेका हुन् । १२ वर्षदेखि पत्रकारितामा क्रियाशील घर्तीमगरस“ग उपप्रधान तथा गृहमन्त्री र अर्थमन्त्रीको प्रेस संयोजक भईसकेको अनुभव छ । २८ वर्षे घर्तीमगर रोल्पा निवासी हुन् । उनी नेपाल मगर पत्रकार संघको अध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संगठन सचिवसमेत छन् । प्रेस संयोजक उपराष्ट्रपति कार्यालयमा भर्खरै थपिएको नया“ दरबन्दी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण