जनकपुरको बजेट रु २९ करोडभन्दा बढी
शुक्रबार, २१ फागुन २०७२, १८ : ४१
जनकपुर - जनकपुर उपमहानगरपालिकाको दोस्रो नगरपरिषद्मा कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलले आगामी आव २०७३/०७४ का लागि रु २९ करोड ५९ लाख ६६ हजारको बजेट प्रस्तुत गरे ।
प्रस्तुत बजेट त्यति महत्वाकाङ्क्षी नभए तापनि यसले धार्मिक नगरी जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, मणिमण्डप, गङ्गा सागर र धनुष सागरको संरक्षण गर्नेमा जोड दिएको छ ।
बजेटमा चालुगत खर्चतर्फ रु १८ करोड ३५ लाख ७४ हजार तथा पुँजीगत खर्चतर्फ रु ११ करोड २३ लाख ९२ हजार छ । सो परिषद्को उद्घाटन गर्दै समाजसेवी रामचन्द्र साहले विकास निर्माणका क्रममा राजनीतिक दलले रकम खर्च गर्दा इमान्दारीपूर्वक गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण