रियलको जीतमा रोनाल्डोको चार गोल
आइतबार, २३ फागुन २०७२, ०१ : ०३
म्याड्रिड - क्रिस्टियानो रोनाल्डोको चार गोलको मद्दतले रियल म्याड्रिडले सेल्टा भिगोलाई ७—१ गोलको विशाल अन्तरले पराजित गरेको छ । जीतसँगै रियलले दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी एक अंकमा घटाएको छ । रोनाल्डोले सिजनको ५ औं ह्याट्रिक पूरा गर्दै आफ्नो ह्याट्रिकको संख्या किर्तिमानी ३९ पुर्याए । खेलमा अग्रता भने पेपेले दिलाएका थिए । दोस्रो हाफमा भने रोनाल्डोले १५ मिनेटको अन्तरालमा तीन गोल गरेका थिए । त्यसपछि अर्को गोल थप्दै रियललाई अग्रता दिलाए । रियलका लागि अन्य गोल हेसे र गेराथ बेलले गरे । सेल्टाका लागि एकमात्र गोल इयागो आसपासले गरे । पछिल्लो हप्ता एथ्लेटिकोसँग आफ्नै गृहमैदानमा पराजित बनेको रियल दबाब थियो । तर, रियलले सहज जित निकाल्न सफल रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण