शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्ड पुत्र प्रकाशले मागे नयाँ शक्तिसँग एमाओवादीको गाडी

आइतबार, ३० फागुन २०७२, १८ : १४
आइतबार, ३० फागुन २०७२

काठमाडौं– एकीकृत माओवादीका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालले नयाँ शक्तिमा लागेका पूर्व माओवादी नेताहरुलाई गाडी फिर्ता गर्न चुनौति दिएका छन् । उनले फेसवुक पेजमा स्टाट्स लेख्दै ‘एमाओवादीका नाममा रहेका गाडी किन चढ्नुहुन्छ ?’ भन्दै प्रश्न समेत गरेका छन् । ‘नयाँ शक्तिमा गएकाले माओवाद र माओवादीका सबै कुरा त्यागे तर गाडी त्याग्न सकेनन् । बाबुराम बाहेक अन्य नेताहरुले चढेका सवै गाडी एमाओवादीको नाममा छ । अव एमाओवादीको नाममा रहेको ब्लुवूकसहितका गाडी किन चढ्नुहुन्छ ? त्यो पनि नयाँ नै चढे भैहाल्यो नि ?’ प्रकाशको स्टाट्समा छ । एकीकृत माओवादीका अनुसार अहिले नयाँ शक्तिमा लागेका हिसिला यमी, देवेन्द्र पौडेल र नवराज सुवेदीले एकीकृत माओवादीका नाममा रहेको गाडी चढेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप