शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जगतबहादुरसँग अनुदान सम्झौता गर्दै शुरु भयो पुनर्निर्माण अभियान

आइतबार, ३० फागुन २०७२, १८ : २४
आइतबार, ३० फागुन २०७२

काठमाडौं – पुननिर्माण प्राधिकरणले आज दोलखाको उत्तरी सिँगटीबाट राष्ट्रिय पुनर्निर्माण अभियानको सुरुवात गरेको छ । जिल्लाको लाडुक–७ का जगतबहादुर खत्रीसँग अनुदान सम्झौता गर्दै पुनर्निमाण अभियानको शुरुवात गरिएको हो ।

दोलखाको सिंगटीबाट भूकम्पपीडितका लागि स्थायी आवास निर्माण गर्न सरकारले दिने भनिएको अनुदानबापतको पहिलो किस्ता ५० हजार रुपैयाँका दरले वितरण गरेर अभियानको सुरुवात गरेको छ । यसअघि कार्यक्रम शुरु भएको १५ मिनेटमा नै स्थानीय राजनीतिक दलहरुले विरोध गरेपछि कार्यक्रम रोकिएको थियो । साँझ साढे ४ बजेबाट कार्यक्रम शुरु भएको केही बेरमा नै स्थानीय राजनीतिक दलहरु कार्यक्रमको विरोध गरेका थिए । विरोध गर्नेमा विरोध गर्नेमा नयाँ शक्ति नेपाल, एमाओवादी, राप्रपा नेपाललगायत रहेका छन् । उनीहरुले किस्ता रकम पूरानो भूकम्पपीडित परिचय पत्र अनुसार बितरण गरिनुपर्ने माग गरेका छन् । ‘अहिलेको प्रक्रियाबाट यहाँका ४० प्रतिशतले राहत रकम नपाउने भए । हामी पुनर्निर्माण अभियानलाई सघाउन तयार छौं तर यसरी एकलौटी निर्णय गरेर अघि बढ्न दिने छैनौं,’ एमाओवादीका स्तरीय नेता विशाल खड्काले भने । उनले कार्यविधि समेत स्थानीय दलहरुलाई पढ्न नदिएकोमा विरोध गरे । अनुदान वितरणका लागि प्राधिकरणका कार्यकारी निर्देशक सुनिल ज्ञवालीसहतिको टोली दोलखा पुगेको छ । केन्द्रीय तथ्यांक विभागले स्थलगत रुपमा सर्वेक्षण पूरा गरेका दोलखाका ६ वटा गाविसका पीडितलाई पहिलो चरण गर्ने प्राधिकरणले बताएको थियो । विवादपछि प्राधिकरण र राजनीतिक दलबीच दुई बुँदे सहमति भएको छ । सहमतिमा डिडिआरसीमा पेस गरेको डाटा नछुट्ने र दलीय सहमतिको आधारमा अघि बढ्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप