देशभरीका अदालतका कर्मचारीहरु आन्दोलित
काठमाडौं– न्याय सेवाका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता नदिने अर्थ मन्त्रालयको सचीवस्तरिय निर्णयको विरोधमा आजदेखि एक हप्ताका लागि सर्वोच्च अदालतलगायत देशभरीका अदालतका कर्मचारीहरुले कालो पट्टी बाधेर काम गरिरहेका छन् ।
२०६९ फागुनदेखि कार्यसम्पादन सूचकको आधारमा तलबको ५० प्रतिशत अतिरिक्त भत्ता प्रदान हुदै आएको थियो । अहिलेका प्रधानन्याधिस तथा तत्कालिन न्यायाधिस कल्याण श्रेष्ठ र प्रकाश वस्तीको संयुक्त ईजलासले अरु सेवाका कर्मचारीहरुले झै न्याय सेवाका कर्मचारीहरुलाई पनि अतिरिक्त भत्ता प्रदान गर्न मिति २०६९।३।१२ मा आदेश गरेको थियो ।
न्याय सेवाका कर्मचारीहरु सोही भत्ताका लागि विहान ९ बजेदेखि १० बजेसम्म १ घण्टा अतिरिक्त काम गर्दै आएका छन् । अदालतमा रहेका १० वटै ट्रेड युनियनहरुले एक विज्ञप्ती जारी गर्दै १ हप्तासम्म कालो पट्टी बाधेर काम गर्ने र त्यो बेलासम्म पनि मागको सुनुवाई नभए थप आन्दोलनका कार्यक्रमहरु गर्ने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण