शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कटारी गोल्डकप : उद्घाटन खेलमा आयोजक कटारी ११ बिजयी

आइतबार, ३० फागुन २०७२, १९ : १०
आइतबार, ३० फागुन २०७२

उदयपुर - उदयपुरको कटारी नगरपालिकामा आईतबारदेखि सुरु सिभिल होम्स दोस्रो कटारी गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कटारी–११ ले विजयी सुरुवात गरेको छ । गाईघाट फुटबल क्लव र कटारी–११ बीच भएको उद्घाटन खेलमा कटारी ११ ले गाईघाट फुटबल क्लवलाई ० को विरुद्ध ३ गोलले पराजित गरेको हो ।

कटारीका जर्सी नम्बर १० का खेलाडी टंक लामाले दोस्रो हाफको १४ औं मिनेटमा पहिलो गोल गरेका थिए । लगत्तै ६२ औं मिनेटमा गाईघाटको खेलाडीको तर्फबाट डि बक्समा फल भएपछि पाएको पेनाल्टीलाई कटारीकै जर्सी नम्ब १० का लामाले गोलमा परिणत गरी दोस्रो गोल गर्न सफल भए । खेलको ८० औं मिनेटमा पुन गाईघाटको खेलाडीले डिबक्समा अर्को फल गरेपछि पाएको पेनाल्टीलाई जर्सी नम्बर १० कै लामाले तेस्रो गोलमा परिणत गरेका थिए । यो संगै लामाले खेलमा ह्याट्रिक गरेका थिए । पहिलो हापमा कटारीले गाईघाटलाई दवावमा राखे पनि कसैले पनि गोल लगाउन सकेन । प्रतियोगिताको पहिलो म्यान अफ दी म्यास कटारी–११ का जर्सी नम्बर का खेलाडी टंक लामा घोषित भए । गोल्डकपको उद्घाटन नेपाल सरकार आपूर्ती मन्त्री गणेशमान पुनले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पुनले सरकारले दिर्घकालिन हिसावले एउटै बजारमा भर नपरेर अब मित्र राष्ट चिन सँग समेत चाडै व्यापार तथा पारवहन सम्झौता हुन लागेको खुलासा गरे । मुल आयोजक समितिका संयोजक विनोद कटुवालका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख २५ हजार रुपैया, दोस्रोलाई पचहत्तर हजार नगद पुरस्कार, शिल्ड र प्रमाणत्र प्रदान गरिनेछ । सिभिल होम्स काठमाडौंको मुख्य प्रायोजन तथा कटारी नगरपालिका र साथी समुह कटारीको सहयोगमा गोल्डकप संचालन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप