शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारी कार्यालयबीच तालमेल नुहँदा भक्तपुर – नगरकोटको सडक विस्तारमा अवरोध

आइतबार, ३० फागुन २०७२, १९ : १६
आइतबार, ३० फागुन २०७२
भक्तपुर – कमलविनायबाट नगरकोट हुदै काभ्रेको सिपाघाट सम्म भारतीय एक्जिम बैंकको २८ करोड सहयोगमा निर्माण कार्य भइरहेको सडकमा विभिन्न कारणले काममा अवरोध भएको निर्माण सम्बद्ध पक्षले जानकारी दिएको छ । सडक निर्माण स्थलमा पर्ने सामुदायीक वनमा रुख कट्नीको लागि जिल्ला वन कार्यलयबाट आवश्यक टाँचा लगाउने काम भएपनि अन्तिममा आएर रुख काट्ने अनुमती नदिँदा समस्या भएको छ । अर्को तिर नेपाल विद्युती प्राद्यिकरण, नेपाल टेलिकम जस्ता सेवा प्रदायक निकायकाले समेत समयमा नै सडक आसपासका रहेका पोलको उचित व्यवस्थानपन गर्न नसक्दा निर्माणधिन सडक तिव्रगतिमा सम्पन्न गर्ने भनिएपनि अवरोध भएको छ । पहिलो चरणमा १६ किलोमिटर सडकको निर्माण गर्नको लागि ठेक्का दिएर पनि पर्खाल लगाउने, भित्तो चौडाई बनाउने, माटो भर्ने लगायतका कार्य तिव्र गतिमा भएको तर वन, विद्युत र टेलिकम कार्यलयले समयमा आफ्नो नगरीदिदाँ काममा निकै समस्या भएको कन्ट्रायाकट म्यानेजर कुमार गौरव सिहले बताए । पानी पर्ने बित्तिकै सडक चौडा बनाउन खनिएको माटोले गर्दा हिलो हुने भएकाले आवजजावतमा समस्या भएको नगरकोट रेडक्रसका एम्बुलेन्स चालक आदित्य बजागाईले बताए । सडक आसपास घर भएका स्थानियलाई भने धुलो उडेर घरमा बस्न नै समस्या भएको र बालबालिका तथा जेष्ठ नागरीकलाई धुलोले गर्दा स्वास प्रश्वासमा समस्या देखिन स्थानिय प्रकाश लामिछानेले बताए । उक्त सडकको लागि नियुक्ती गरीएको परामर्शदाताले माथी उल्लेखित कार्य आफ्नो जिम्मेवारी अनुसार नगरीदा ठेकादार कम्पनीले भने सडक विस्तारमा समस्या भएको जानकारी दिएको छ । रुख कटानी नहुदाँ र पोल सडकको बीचबाट नहटाउँदा सडक विस्तार कार्य गर्न ल्याएका स्काइभेटर तेतिकै थन्किएर बसेको स्थानीयले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप