शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतबाहेक अन्य देशसँगको पारवहन सम्झौता अन्तिम चरणमा : मन्त्री पुन

आइतबार, ३० फागुन २०७२, १९ : २७
आइतबार, ३० फागुन २०७२
उदयपुर (कटारी)  - आपूर्ति मन्त्री गणेशमान पुनले भारत बाहेक अन्य देशसँग व्यापार तथा पारवहन सम्झौताको गृहकार्य अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार उदयपुरको कटारीमा सिभिल होम दोस्रो कटारी गोल्डकपको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । मन्त्री पुनले देशको दिर्घकालिन विकासका लागि भारत बाहेक अरु देशहरुसँग व्यापार सम्झौता गर्नु पर्नेमा जोड दिए । तराई बन्द र भारतीय नाकाबन्दीले गर्दा एउटै देश, एउटै बस्तु एकभन्दा बढी देशसँग व्यापार सम्झौता गर्न नहुने बताए । आधुनिक रंगशाला आवश्यक रहेको आपूर्ति मन्त्री गणेशमान पुनले बताए । सिभिल होम दोस्रो कटारी गोल्डकपको उद्घाटन गर्दै मन्त्री पुनले यस क्षेत्रमा रंगशाला आवश्यक भएको बताए । मन्त्री पुनले कटारी फुटवल प्रतियोगितमा खेल्ने खेलाडीलाई विश्वकप खेल्ने लक्ष्यका साथ खेल्न शुभकामना दिदै कटारीमा अन्तराट्रिय रंगशाला निर्माणमा सरकारी निकायमा पहल गरिदिने बताएका हुन । “कटारीमा रंगशालाको लागि विशेष पहल गर्छु ।” मन्त्री पुनले भने, “कटारीबासी ढुक्क रहनुहोस म अबका दिनमा कटारीमा रंगशाला बन्छ ।” देशको समग्र विकासको लागि खेलकुद अतिआवाश्यक रहेको भन्दै मन्त्री पुनले सरकारले अहिले खेलकुदको विकासको लागि विशेष पहल थालेको जानकारी समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप