इलाम घुम्न आउन नेम्वाङको एमाले जिल्ला अध्यक्षहरुलाई चुल्है निम्तो
आइतबार, ३० फागुन २०७२, १९ : ५८
इलाम - नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नु जरूरी रहेको बताएका छन् ।
नेकपा एमालेले मेची अञ्चल समन्वय कमिटीले आयोजना गरेको मेची पर्यटन प्रवद्र्धन अभियानलाई आज बिहान इलाम सदरमुकाममा सम्बोधन गर्दै उनले अहिलेसम्म देशमा आर्थिक विकास हुन सकेको थिएन, अब पर्यटनको क्षेत्रबाट आर्थिक विकास गर्नुपर्नेमा जोड दिए ।
इलाम पर्यटकीय सम्भावना भएको जिल्ला भएकाले पर्यटनको विकासमा जोड दिनुपर्ने र यहाँ जस्तै धेरै जिल्लामा पर्यटनको सम्भावना रहेको बताए ।
“तपाईंहरूले इलाम घुम्नुभएको छ रु छैन भने तपार्इंको आधा जीवन निरर्थक हुनेछ भनेर सोध्ने गरेको छु”– ७५ वटै जिल्लाका नेकपा एमालेका अध्यक्षलाई लक्षित गर्दै उनले भने– “इलाम पुग्नुभएको छैन भने एकपटक आउनुहोस्, तपाईंहरूलाई चुल्है निम्तो छ ।”
उहाँले पूर्वको इलाम जिल्ला धार्मिक, कृषि क्षेत्र तथा पर्यटनका लागि प्रचुर सम्भावना बोकेको जिल्ला भएको बताउनुभयो ।
कार्यक्रममा एमाले इलामका अध्यक्ष राम रानाले एमालेको मेची अभियानले पर्यटनको नयाँ आयाम सुरू भएको र यो अभियानले देशको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने विचार व्यक्त गरे ।
अभियानमा ७५ जिल्लाकै एमाले जिल्ला अध्यक्षसहित मेचीका सांसद तथा अञ्चल र केन्द्रीय कमिटीका सदस्य गरी करिब १०० भन्दा बढीको सहभागिता छ । अभियानका सहभागीलाई पर्यटन प्रवद्र्धन सरोकार समितिले मायाको चिनो प्रदान गर्नुका साथै यहाँका पर्यटकीय स्थलका बारेमा लेखिएको पर्चा सामग्री प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण