शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नवलपरासीमा दुई नगरपालिका थप गर्न सिफारिस

आइतबार, ३० फागुन २०७२, २१ : ०३
आइतबार, ३० फागुन २०७२
नवलपरासी - नवलपरासीबाट थप दुईवटा नगरपालिका थप गर्न मन्त्रालयमा सिफारिस गरिएको छ । नगरपालिका थप्न छवटा गाविस समावेश गरी दुईवटा नगरपालिका बनाउन सिफारिस गरिएको जिविसले जनाएको छ । यस अगावै नवलपरासीमा सातवटा नगरपालिका रहेका छन् । जिविसले मन्त्रालयमा सिफारिस गरेका गाविसमा नयाँ बेलाहानी, प्रसौनी र राकाचुली गाँभेर अरुणखोला नगरपालिका छन् । त्यस्तै त्रिवेणीसुस्ता, कुडिया र रुपौलिया गाविसलाई गाँभेर त्रिवेणी नगरपालिका बनाउन सिफारिस गरिएको जिविसले जनाएको छ । गाविसको सर्वपक्षीय भेलाको निर्णय, गाउँ परिषद्बाट अनुमोदन भई प्रत्येक गाविसको सिफारिसका आधारमा नेपाल सरकारले तोकेका मापदण्ड पूरा गरेपछि नगरपालिका बनाउन सिफारिस गरिएको हो । त्यसरी थप गरिएका गाविस कार्यान्वयनमा आए जिल्लामा नगरपालिकाको सङ्ख्या नौ पुग्ने छ । जिल्लामा सात नगरपालिका र ५६ गाविस छन् जसमध्ये दाउन्नेपूर्व नवलपुर क्षेत्रमा चार नगरपालिका र २४ गाविस छन् । परासी क्षेत्रमा तीन नगरपालिका र ३२ गाविस छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप