शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जर्मन लिगमा खेलको दौरान समर्थकको निधन

सोमबार, ०१ चैत २०७२, ०९ : ३६
सोमबार, ०१ चैत २०७२

म्युनिख – आइतबार बुन्डेस लिगाअन्तरगत भएको बोरुसिया डर्टमण्ड र माइन्जविरुद्धको खेलको दौरान एक डर्टमण्डका समर्थकको निधन भएको छ । खेलको दौरान एक्कासी बिरामी परेको ती समर्थकको निधन भएको छ । क्लबले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रा एक समर्थकको निधन भएकोमा हामी अत्यन्त दुःखी छौं । त्यस्तै अर्को घटनामा एक समर्थकलाई अस्पताल भर्ना गर्नुपरेको छ ।’ निधनको खबर फैलिएपछि क्लबका समर्थकहरुले बाँकी खेल मौन भएर हरेका थिए । खेलमा डर्टमण्ड २–० ले जीतेको थियो । दुई फरक घटनामा एक फ्यानको निधन भएको र अर्को फ्यानलाई अस्पताल भर्ना गर्नुपरेको क्लबले जनाएको छ । ‘दोस्रो समर्थकको स्थिति स्थिर रहेको खबर छ,’ क्लबले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप