सार्क विदेश मन्त्रीस्तरीय बैठक आजदेखि पोखरामा
पोखरा – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) विदेश मन्त्रीस्तरीय बैठक सोमबारदेखि पोखरामा सुरु हुदैछ । चैत ४ गतेसम्म पार्दी स्थित होटल पोखरा ग्राण्डमा हुने सम्मेलनको पहिलो दिन आज सार्क डेक्स हेर्ने सहसचिवस्तरीय कार्यक्रम समितिको बैंठक बस्दैछ । बैंठक विहान साढे ९ बजे सुरु हुने कार्यसूचि छ । कार्यक्रम समितिको बैंठक दुई दिन सम्म चल्नेछ । चैत्र ३ गते सचिवस्तरीय स्थायी समितिको बैठक हुनेछ । अन्तिम दिन विदेशमन्त्रीस्तरीय बैठक हुनेछ । जसलाई प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । पहिलो दिनको बैंठकमा सहभागि हुने सहसचिवहरु स्थलमार्गबाट आइतवार पोखरा आएका थिए । बैठकमा सहभागी हुन सबै सदस्य मुलुकका विदेशमन्त्री चैत्र ३ गते काठमाडौं विमानस्थलबाट सिधै पोखरा आउनेछन् । बैठकमा ६ सदस्य मुलुकका विदेशमन्त्री उपस्थित हुनेछन् भने अफगानिस्तानबाट उपविदेशमन्त्री र पाकिस्तानबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलंकाली विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुनेछन् । बैठकले २०७१ मंसिरमा काठमाडौंमा भएको शिखर सम्मेलनले पारित गरेका एजेन्डाको समीक्षा गर्नेछ । त्यस्तै आगामी शिखर सम्मेलनको मिति तथा नयाँ महासचिवको समेत तय गर्नेछ । आगामी मार्च १ देखि सार्कमा पाकिस्तानका तर्फबाट महासचिव आउनेछन् । हाल नेपालका तर्फबाट महासचिव छन् । बैठक गत मंसिरमा नै गर्ने सरकारको तयारी भएपनि भूकम्पका कारण ३ महिना ढिलो हुन लागेको हो । बैठकमा आतंकवाद नियन्त्रण, सडक तथा हवाई सञ्जाल, ऊर्जा हब, गरिबी निवारण लगायत दर्जनौं विषयमा छलफल हुने स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण