शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डिफेन्डिङ च्याम्पियन आर्सनल एफए कपबाट बाहिरियो

सोमबार, ०१ चैत २०७२, ०९ : ५९
सोमबार, ०१ चैत २०७२

लण्डन – डिफेन्डिङ च्याम्पियन आर्सनल वाटफोर्डसँग पराजित हुँदै बाहिरिएको छ । आइतबार राती भएको खेलमा आर्सनल २–१ गोलअन्तरले पराजित गरेको हो । आर्सनललाई पराजित गर्दै वार्टफार्ड सेमिफाइनलमा प्रवेश गरेको छ । वाटफोर्डलाई जीत दिलाउने क्रममा ओडिओन इघलो र एडलेन ग्वोडिओराले एक–एक गोल गरे । आर्सनलका लागि एक मात्र गोल ड्यानी वेलब्याकले गरे । खेलको अन्त्यमा उनले अर्को सुन्दर अवसर गुमाए । हारसँगै यस सिजन कुनै पनि ट्रफी जित्ने आर्सनलको सम्भावना लगभग सकिएको छ । उता, एन्टेनियो मार्सियलले खेलको अन्त्यतिर बराबरी गोल गर्दै वेस्ट ह्यामविरुद्ध एफए कपको क्वाटरफाइनलको रिप्ले गराउन सफल भएको छ । डिमिट्री पायेटले फ्रिकिक मार्फत वेस्ट ह्यामलाई अग्रता दिलाए पनि मार्सियलले युनाइटेडलाई खेलमा फर्काए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप