शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ज्लाटानले भने, ‘आइफिल टावरको साटो मेरो मूर्ति बनाए मात्र पीएसजीमा बस्छु’

सोमबार, ०१ चैत २०७२, १० : २६
सोमबार, ०१ चैत २०७२

पेरिस – स्वीडेनका स्टार स्ट्राइकर ज्लाटान इब्राहिमोविचले पेरिस सेन्ट जर्मेन क्लब छाड्ने भएका छन् । क्लबलाई लगातार चौंथो लिग जिताएका इब्राहिमोविचले सो कुरा बताएका हुन् । ३४ वर्षीय खेलाडीले भने, ‘म पिएसजीमा अर्को सिजन हुन्न । यहाँ अब मेरो साढे एक महिना बाँकी छ ।’ उनले आइफिल टावरको साटो आफ्नो मुर्ति बनाए मात्र पेरिसमा बस्ने बताएका छन् । उनी प्रिमियर लिग वा अमेरिकाको मेजर लिग सकर जाने हल्ला छ । यता, क्लबका अध्यक्ष नासेर अल खेलाफीले भने जुनमा इब्राहिमोविचको करार सके पनि उनी क्लबमा रहोस् भन्ने आफूले चाहेको बताएका छन् । आठ खेल बाँकी छँदै पिएसजीलाई लिग उपाधि आइतबार राती लिगको पुछारमा रहेको क्लब ट्रोयेसलाई पराजित गर्दै पिएसजीले फ्रेन्च लिगको उपाधि जितेको छ । पिएसजीको यो छैंटौं लिग उपाधि हो । खेलमा पिएसजीले ९–० को विशाल जित हासिल गर्यो । ज्लाटानले चार गोल गरे भने काभानीले दुई गोल गरे । त्यस्तै, ह्याभियर पास्टोर र एड्रीयन रेबिटले एक–एक गोल गरे । म्याथ्यु सौनियरले आत्मघाती गोल गरे । लरेन्ट ब्लांकको टोलीले ३० खेलमा १ मात्र खेलमा हार बेहोर्दै ८ खेल अगावै लिग उपाधिमा कब्जा गरेको हो । घरेलु लिगमा लगातार सफलता हात पारे पनि युरोपियन क्लबमा भने पीएसजीले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । यस सिजन चेल्सीलाई पराजित गर्दै पीएसजी च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप