आइतबार परेको असिनापानीले गहुँबाली नष्ट
सोमबार, ०१ चैत २०७२, १० : ४४
[caption id="attachment_37247" align="alignleft" width="840"] धनगढीको बोराडाँडीमा जमेको असिना लिएर फोटो खिच्दै रमाउदै कैलालीका पत्रकार यमबहादुर बम ।[/caption]
धनगढी – आइतबार राति परेको असिनापानीले कैलालीका केही भागमा गहुँबाली नष्ट गरेको छ ।
असिना पानीले धनगढीको बोराडाँडी, कैलाली गाउँ, जाइ, जाली, धनगढी गाउँ लगायतका क्षेत्रमा गहुँबाली नष्ट गरेको हो । राति अबेरसम्म परेको अशिनापानीले तरकारी, आँप, लिची लगायतका खाद्य बालीमा असर पारेको छ ।
कैलाली गाउँका कृषक रामशरण रानाले आफ्नो बारीमा लगाएको तरकारी खेती र गहुँ पूर्ण रुपमा क्षति भएको बताए । उनले वर्षभरी खानपुग्ने गहुँ अशिनाले नष्ट गरेपछि अब कसरी गुजारा गर्ने भन्ने चिन्ताले सताउन थालेको बताए ।
राना जस्तै अन्य कृषकहरुले पनि लगायको गहुँ नष्ट गरेपछि चिन्तित बनेका छन् ।
आइतबार राति कैलालीका विभिन्न स्थानमा असिना पानी परेको थियो । हिउँदे बाली पाक्दै गर्दा परेको असिना पानीले ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।
असिना पानीले के कति क्षति पुर्यो भनेर यकीन तथ्यांक नआएको जिल्ला कृषि विकास कार्यालय कैलालीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण