प्रचण्डलाई कालो झन्डा देखाउँदा पक्राउ परेका पूर्वमन्त्री रिहा
सोमबार, ०१ चैत २०७२, १० : ५९
लहान - एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डलाई कालो झन्डा देखाउने क्रममा पक्राउ परेका पूर्वमन्त्रीसहित मधेसी मोर्चाका नेता कार्यकर्ता गए राति रिहा भएका छन् ।
जिल्ला विकास समिति सिरहाको २३औँ जिल्ला परिषद्को उद्घाटन कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष दाहाललाई कालो झन्डा देखाउने क्रममा आइतबार प्रहरीले पूर्व बिनाविभागीय मन्त्री तथा सङ्घीय समाजवादी फोरम नेपालका नेता राजलाल यादवसहितका छ जना नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।
अध्यक्ष दाहाल विरुद्ध नाराबाजी गर्दै कालो झन्डा देखाउन खोजेपछि प्रहरीले पूर्वमन्त्री यादवसहित फोरम नेपालका जिल्ला सचिव प्रयाग यादव, नेता नवीन यादव, कप्लेश्वर यादवलगायतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पु¥याएका थिए ।
जिल्ला परिषद्को कार्यक्रम सम्पन्न भएर अध्यक्ष दाहाल कार्यक्रम स्थलबाट हिँडेपछि पक्राउ परेका नेता कार्यकर्तालाई प्रहरीले रिहा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण