हत्याका आरोपी अदालतबाटै फरार
बर्दिया - कर्तव्य ज्यान मुद्दाका प्रतिवादी जिल्ला अदालतबाटै फरार भएका छन् । आइतबार जिल्ला अदालतमा थुनछेक आदेश बहस चल्दै गर्दा बर्दिया ठाकुरद्वारा–४ सुतैयाका २३ वर्षीय टोपे भनिने अजिव बूढा क्षेत्री जिल्ला अदालतबाटै फरार भएका हुन् । शौचालय पसेका बूढा क्षेत्री शौचालयकै भेन्टीलेसनबाट भागेको प्रहरीले जनाएको छ । शौचालय गएको १० मिनेटसम्म पनि उनी बाहिर नआएपछि प्रहरीले ढोका ढकढकाउँदा कुनै प्रतिक्रिया नआएपछि भेन्टीलेसनबाट भित्र हेर्दा कोही नदेखिएपछि भेन्टीलेसनबाटै भागेको थाहा भएको हो । फागुन ५ गते ठाकुरद्वारा ४ सुतैयाका ६९ वर्षीय जोरे थापालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । शौचालयभित्रबाटै बन्द रहेको र भेन्टीलेसन खुल्ला रहेकाले त्यहीबाट अभियुक्त भागेको ठहर गरिएको छ । शौचालय जाँदा प्रहरीले उनको हातको हतकडी खोलिदिएको थियो । हतकडी खोलेकाले नै उसलाई भाग्न सजिलो भएको बताइएको छ । फरार अभियुक्तको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ । मृतक थापाका छोरा डम्मर थापाले प्रशासनको लापर्बाहीका कारण हत्यारा भागेको आरोप लगाएका छन् । अदालतबाटै अभियुक्त फरार हुँदा अदालतमा सुरक्षाको विषयमा प्रश्न चिह्न खडा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण