एक सातादेखि वनमा डढेलो : उदयपुरको चुरेक्षेत्रका बस्ती जोखिममा
उदयपुर – सुख्खा मौसमसंगै उदयपुर जिल्लाको पूर्वी चुरेको वन क्षेत्रमा एक सातादेखि लागेको डढेलोका कारण जंगल आसपासमा रहेका बस्तीहरु जोखिममा पर्न थालेका छन् । हडिया, जोगिदह, सुन्दरपुर, त्रियुगा नपाको वन क्षेत्रबाट सुरु भएको आगलागी अहिले स्थानीय गाउँ छेउसम्म आइपुगेका कारण स्थानीय गाउँघरसमेत आगलागीको खतरामा परेको हडिया २ का भवन चौधरीले बताए । ‘वनमा डढेलो लागेको छ हावा हुरीले आगो उढाएर ल्याउने होकी भनेर रात भर डढेलो हेरेर बस्नु परेको छ ।’ सामुदायिक वन समूहका पदाधिकारी प्रति आक्रोस पोख्दै चौधरीले भने ‘वनको रुख काटेर बेच्ने बेलामा हानाथाप गर्ने वन समूहका पदाधिकारीहरुले डढेलो नियन्त्रण गर्न वास्ता गरेनन् ।’ पूर्वी क्षेत्रबाट लागेको डढेलो नियन्त्रणको प्रयास नहुँदा रामपुर, बेल्टार, कटारी, मुर्कुची बजार आसपासका सामुदायिक तथा राष्ट्रिय बन क्षेत्रका बस्ती समेत डढेलोको जोखिमा परेक ाछन् ।
जनचेतनाको कमीका कारण स्थानीयवासीले लागाउने डढेलो, चैत–बैशाखको हुरीले नजिकका मानव बस्तीमा पु¥याउँदा जनधनको क्षतीहुने गरेको छ । नया घास पलाउने मान्यताका कारण घासे, दाउरे र गोठालाहरुले डढेलो लगाउने गरेका भवानी उप्रेतिले बताए । हप्ता दिनसम्म लगातार लाग्ने डढेलोका कारण अमुल्य जडिबुटी, हजारौ हेक्टर जंगलका बोटबिरुवाका नस्ट हुनका साथै जंगली जिवजन्तुहरुमा समेत ठूलो क्षती पुग्ने गरेको छ । राष्ट्रिय र सामुदायीक बनमा डढेलोले ठुलो क्षति पुर्याउदा पनि सामुदायीक बन समुह र जिल्ला बन कार्यालयले नियन्त्रणका लागि चासो नदेखाएको स्थानीयवासीको आरोप लागाएका छन् ।
यता, डढेलो लागेको क्षेत्रमा सामुदायिक वन समूहलाई साथमा लिएर वनको आगो नियन्त्रणमा लिन मताहतका सेक्टर, इलाका र रेन्जपोष्टहरुलाई निर्देशन दिईएको जिल्ला वन कार्यालय उदयपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण