शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अवैध लागुऔषध कारोबारी पक्राउ

सोमबार, ०१ चैत २०७२, १९ : ०५
सोमबार, ०१ चैत २०७२

काठमाडौँ– अवैध लागुऔषध खैरो हेरोइनको कारोबार गरेको अभियोगमा लागुऔषध नियन्त्रण ब्युरोले आज फरार अभियुक्त देवेन्द्र विष्टलाई पक्राउ गरेको छ ।

गत फागुन २४ गते शङ्खमूलमा पसल गरी बस्ने ३२ वर्षीय राजेश घजुको पसलबाट खैरो हेरोइन फेला परेको थियो । अनुसन्धानका क्रममा ब्युरोले बरामद गरेको खैरो हेरोइन बाजुरा जगन्नाथ गाविस–२ का २४ वर्षीय विष्टले बिक्री वितरण गर्नका लागि दिएको पुष्टि भएको थियो ।

ब्युरोले फरार प्रमुख अभियुक्त विष्टलाई आज डिल्लीबजारबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप