शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ स्तम्भको निर्माण सुरु

सोमबार, ०१ चैत २०७२, १९ : १०
सोमबार, ०१ चैत २०७२

काठमाडौँ– पुरानो बसपार्कमा काठमाडौँ स्तम्भ निर्माणको काम अघि बढेको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङका अनुसार निर्माणको काम आइतबारदेखि सुरु भएको हो । बाह्रतले सो भवन पूर्ण रुपमा भूकम्प प्रतिरोधात्मक बनाइने तामाङले बताए । सो सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको छ ।

रु तीन अर्ब ५० करोडको लागतमा स्तम्भ निर्माणको जिम्मा जलेश्वर स्वछन्द विकोइ विल्डर्स प्रालिले पाएको छ । काम सुरु भएको पाँच वर्षभित्र सो स्तम्भ बनाइसक्नुपर्ने सम्झौता भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप