शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अख्तियारद्वारा स्टाफ नर्सविरुद्ध मुद्दा दायर

सोमबार, ०१ चैत २०७२, १९ : १२
सोमबार, ०१ चैत २०७२

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी स्टाफ नर्सको सेवा सुरु गरेको भन्दै गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत उषा शर्मा यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार यादवले नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार विद्यालय परीक्षा समिति पटना भारतबाट सन् १९९६ मा माध्यामिक तह उत्तीर्ण गरेको भनिएको प्रमाणपत्र नक्कली पाइएको हो । आयोगले यादवलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप