असिना पानीले तरकारीबालीमा क्षति
सोमबार, ०१ चैत २०७२, १९ : ४०
मेलम्ची– वर्षासँगै परेको असिनाले यहाँ लगाइएको बालीमा क्षति पु¥याएको छ ।
आधा घन्टासम्म परेको असिना पानीले बेमौसमी तरकारी, आलु, काँक्रो, घिरौंला, फर्सीलगायत बाली नष्ट भएको मेलम्ची नगरपालीका–१२ का कृषक तुलाराम दाहालले बताए । भित्र्याउने बेला भएका नगदेबाली नष्ट हुँदा कृषक मर्कामा परेका छन् ।
त्यस्तै असिना पानीले टहरामा बसेका भूकम्पपीडितलाई पनि नराम्ररी प्रभावित बनाएको मेलम्ची नगरपालिका भूकम्पपीडित सुर्यबहादुर तामाङले बताए । भूकम्पले घर भत्काएको र अस्थायी रुपमा बस्दै आएको टहरामा पनि पानी छिरेपछि भूकम्पपीडितले आघात महसुस गरेका मेलम्ची नगर विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण