शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राप्रपा र राप्रपा नेपाल समानान्तरबीचको एकता वार्ता सकारात्मक

सोमबार, ०१ चैत २०७२, १९ : ४५
सोमबार, ०१ चैत २०७२

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाल समानान्तर बीच जारी एकता वार्ता सकारात्मक रुपमा अघि बढिरहेको छ ।

दुई पार्टीबीच एकीकरण निष्कर्षमा पु¥याउने हेतुले विकल्पबारे गम्भीर छलफल जारी रहेको छ । त्यसै क्रममा सोमबार दुई पार्टीका वार्ता टोलीहरु बीच तेस्रो चरणको छलफल सम्पन्न भएको छ । एकता चाँडै टुंगोमा पु¥याउनुपर्छ भन्नेमा दुवैतिरको जोड छ ।

‘छलफल सौहार्दपूर्ण रुपमा अघि बढिरहेको छ । एकीकरण प्रयासलाई ठोस निष्कर्षमा पु¥याउन प्रयास जारी छ,’ राप्रपा नेपाल समानान्तरका प्रवक्ता सगुन सुन्दर लावतीले बताए ।

राप्रपाको केन्द्रीय कार्यालयमा आयोजित वार्तामा दुई पक्षबीच देशव्यापी रुपमै कसरी एकीकरण सम्पन्न गर्ने भन्नेबारे सैद्धान्तिक तथा सांगठनिक कोणबाट छलफल गरिएको थियो ।

स्रोतका अनुसार एकीकरणलाई सकेसम्म चाँडो सफल निष्कर्षमा पु¥याउन दुई वार्ता टोलीबीच भ्रद समझदारी भएको छ ।

हालसम्म राप्रपा र राप्रपा नेपाल समानान्तर बीच तीन चरणको वार्ता सम्पन्न भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप